Home Media Press Releases सापकोटा कल्याण केन्द्र, बेलायतको दोस्रो बृहत्...
Press Release 02 July 2026 London Nepal News TV

सापकोटा कल्याण केन्द्र, बेलायतको दोस्रो बृहत् बन्धु भेला २०२६!

Share: Copied!

सापकोटा कल्याण केन्द्र, बेलायतको दोस्रो बृहत् बन्धु भेला २०२६!

बेलायतमा रहनुहुने सम्पूर्ण सापकोटा बन्धुहरूमा हार्दिक नमस्कार।

हाम्रो साझा संस्था 'सापकोटा कल्याण केन्द्र, बेलायत' को दोस्रो बन्धु भेला तथा मेलमिलाप कार्यक्रम आगामी २७ जुलाई २०२६ मा आयोजना हुन गइरहेको जानकारी गराउन पाउँदा हामीलाई निकै खुसी लागेको छ। गत वर्षको जस्तै यस वर्ष पनि बन्धुहरूबीच आपसी सद्भाव र सामीप्यता बढाउन यो बृहत् कार्यक्रम गर्न लागिएको हो।

तसर्थ, सम्पूर्ण बन्धुहरूले समयमै आफ्नो छुट्टी (Leave) मिलाएर कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

मिति: २७ जुलाई २०२६, सोमबार

समय: बिहान ७:०० बजेदेखि बेलुका ४:०० बजेसम्म