Press Release
02 July 2026
London Nepal News TV
दुःख व्यक्त तथा हार्दिक समवेदना 🙏
हामी संसारको जुनसुकै कुनामा रहे पनि मातृभूमि नेपाल र हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमाथि परेको आजको दुःखद् अवस्थाले हामी सबैलाई दुःखी र चिन्तित बनाएको छ।
नेपालमा परेको यस विपत्तिको घडीमा सापकोटा कल्याण केन्द्र UK पीडितहरूको साथमा रहने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
यस दुःखद् घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
ईश्वरले सबैको रक्षा गरून्। 🙏
सापकोटा कल्याण केन्द्र UK