२०५५ साल श्रावण २२ गते “सापकोटा कल्याण केन्द्र” दर्ता (द.न.०५।२०५५।५६) भयो । २०५७।०१।१८ गते देवघाट देवपुरमा जग्गा खरिद गरी “सापकोटा कल्याण केन्द्र कौडिन्य ऋषि आश्रम” स्थापना गर्ने निर्णय भयो । २०५७ असार २ गते चण्डी पूर्णिमाको दिनमा बाग्लुङ्गबाट ल्याइएको चितवन गौरीगन्जमा रहेका कुल देवताका प्रतिक शिला र दियोलाई देवघाट देवपुरको सालको फेदमा विधिवत् बाजागाजासहित स्थानान्तरण गरेर देवघाटमा कुलपुजाको थालनी गरियो । २०५८ र ०५९ मा मन्दिर निर्माण भयो ।